चेतन खतिवडाको कविता: के भयो मेरो देशलाई !

  अस्मिता स्मृति प्रकाशित मिति :  413 पटक हेरिएको

के भयो मेरो देशलाई ?
यहाँ सेवा गर्न भनेर आएकाहरु , व्यापार गरि रहेछ्न
खै ? मति सुध्रिएला भनेको , झन पो तल झरी रहेछ्न
कानुन बनाउनेहरु , आफू निस्कने छिद्र खोजी रहेछन्
न्याय दिने न्यायाधीशहरु , अपराधीलाई छोडी रहेछन्

निर्दोष लाई दोषी ठहर्‍याइ , कैदीलाई भगाउँछ्न
आफ्नो स्वार्थ पुर्ती खातिर , झुठो मुद्दा लगाउँछ्न्
सिमा र दायरा सबैले नाघि रहेछ्न
कर्तव्य बाट सबै भागी रहेछ्न
मुखिया नै दुखिया भए पछि , अरु सुखी काहाँ हुन्छन्
छिमेकी दुष्ट भए पछि ,अशान्ति भै घरका सधैं रुन्छ्न्

के यो देशमा इमान्दार नेता सकिएकै हुन त ?
इमानदार भनाउँदाहरु त्यसबाट छक्किए कै हुन त ?
खोइ बिधिको शासन ?
खोइ जनतालाइ पर्याप्त रासन
तिमीलाई चिन्ता ,मात्र आफ्नो आसन ?
को हो मदारी तिमीलाई नचाउने ?
खोटो सिक्कालाइ पनि दिउँसै चलाउने

बिर्से ,
खाएका सपथ सबैले
गर्न थाले, जफत सबैले
भन्छन् न आदर्शले न सपथले अघाइन्छ
त्यसैले मौका मिल्ना साथ खुब बजाइन्छ
बजाउ कति दिन बजाउँछौ यो देश मादल होइन
सुर्य कहिले न उदाउने , निस्पट्ट कालो बादल होइन
शहनशिलताको बाँध टुट्छ जब
न तिमी रहन्छौ न तिमीले आर्जेका सम्पत्ति
बेलुन सरि पटपट्टि फुट्छ तब ।

तपाईको प्रतिक्रिया