बाढीले बस्ती बगायो,एकको शव भेटियो, एकदर्जन सम्पर्क बिहिन

प्रकाशित मिति :  310 पटक हेरिएको

बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भूजुङखोलामा आएको बाढिका कारण दर्जनौ बेपत्ता भएका छन ।

ढोरपाटन नगरपालिकाको वडा नं.८ र ९ का विभिन्न ठाउँमा गएको पहिरोसँगै भूजुङ खोलामा आएको बाढिले १७ जना सम्पर्क बिहिन भएको र थप मानिसहरु हराएको हुनसक्ने इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ ।

बाढीका कारण बेपत्ता भएको एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। उनले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए ।

ढोरपाटन नगरपालका ९ साबिक बोवाङ गाविसको भुसुण्डेको बस्ती, सुप्राङ बगालेडेरा, दुनेपधेरा, लाकुरिबोट, दोगाडी लगायतका बस्तीहरुमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

त्यसैगरी विद्युत गृह, सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथिमिक विद्यालयको भवनमा समेत क्षति पुगेको छ ।

तपाईको प्रतिक्रिया