आयल निगममा नेविसंघ (विपी) ले लगायो ताला

प्रकाशित मिति :  248 पटक हेरिएको

काठमाडौ । नेपाली कांग्रेस (विपी) को नेपाल विद्यार्थी संघ (विपी) ले आज नेपाल आयल निगमको बबरमहलस्थित कार्यालयमा तालाबन्दी गरेको छ ।

विभिन्न वहानामा पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तालाबन्दी गरेको पार्टीका कार्यालय सचिव सुशीलराज वाग्लेले जानकारी दिए । संघका महामन्त्री विकाश पाण्डेको नेतृत्वको टोली ताला लगाउन आज विहान निगम पुगेको थियो । नेविसंघले विभिन्न वहानामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरी सरकारले जनतालाई आहात दिएको भन्दै तत्काल गलत निर्णय सच्याउन पनि माग गरेको छ । नेविसंघले पटकपटक निगमलाई यसबारेमा ध्यानाकर्षण गराए पनि सुनुवाई नभएकाले बाध्य भएर तालावन्दी गर्नुपरेको जनाएको छ ।

उसले ताला नखोल्न पनि चेतावनी दिएको छ । आफ्ना माग पूरा नगरी ताला खोलेमा आइपर्ने सम्पूर्ण समस्याको जिम्मेवार पनि निगम नै हुनुपर्ने भन्दै सचेत पनि गराएको छ । निगमले हालै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

तपाईको प्रतिक्रिया