अर्थमन्त्री खतिवडाले गरे राजीनामा दिने घोषणा

प्रकाशित मिति :  259 पटक हेरिएको

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने बताएका छन् ।

बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले शुक्रबार अपरान्ह ४ बजे पदबाट राजीनामा दिने बताएको एक मन्त्रीले जानकारी दिए ।

खतिवडाको यही २० गते कार्यकाल सकिँदैछ। राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रियसभामा आएका खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमै सकिएको हो। तर, संवैधानिक व्यवस्था अनुसार संसद सदस्य नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री बनेका थिए।

तपाईको प्रतिक्रिया