शिरीष ढकालको गजल

  अस्मिता स्मृति प्रकाशित मिति :  535 पटक हेरिएको

देउता भाकेर अनि भजन गाएर ,
गर्दिन भुल भन्दै, कसम खाएर ।

बिर्सिन्छन् मान्छेले, आफन्त पनि ,
क्षणिक सुख र सम्पत्ति पाएर ।

देखाइ हाल्छन्, हैसियत आफ्नो ,
बोली नै पिच्छे तुच्छ, वचन लाएर ।

दिँदैनन् एक रुपैयाँ ,पनि गरीबलाई ,
तर सिध्याउँछन् पैसा भट्टीमा धाएर ।

पति/पत्नी व्रत, जस्ता देखिन्छन् ,
बाहिर पतित, रखेल बनाएर ।।

तपाईको प्रतिक्रिया