डम्बर बहादुर थामी “अनुपम”को गजल

  अस्मिता स्मृति प्रकाशित मिति :  396 पटक हेरिएको

जिन्दगीलाई दौडाउँदा, सार्‍है चाप होला
कहिले शीतल कहिले, चाहिँ ताप होला

होसियार हुनुपर्छ, प्रत्येक पाईलामा
भुंग्रोमा परियो भने, आगोको राप होला

बाँधीदिएको छु मायाको, कसिलो डोरीले
बाटो अन्तै मोड्यौ भने, अवश्य पाप होला

भनेकै हुँ प्रेमको यात्रा , कर्णाली हो हाम्रो
अनन्त माया हाम्रो, खै कसरी नाप होला

दिलको ढोका उघारेर, भित्तापट्टी हेर
त्यहाँ हेर्दा मेरो हातको, औंठाछाप होला

तपाईको प्रतिक्रिया