रुपन्देहीमा कोरोनाका कारण थप दुईजनाको मृत्यु

प्रकाशित मिति :  230 पटक हेरिएको

काठमाडौं । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज (शनिबार) बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया