विश्वमा २ करोड ६७ लाख बढीमा कोरोना सङ्क्रमण,८ लाख ७८ हजारको मृत्यु

प्रकाशित मिति :  264 पटक हेरिएको

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ९१ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ करोड ६७ लाख ७५ सय ७ सय ४३ पुगेको छ । जसमध्ये १ करोड ८८ लाख ८४ हजार ७ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

यस्तै एकै दिन थप ५ हजार ६ सय भन्दाबढीको मृत्यु भएसंगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार १ सय नाघेको छ ।

संक्रमितमध्ये ७० लाख १२ हजार ७ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६० हजार ८ सय बढीको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६३ लाख ८९ हजार नाघेको छ । कोरोनाका कारण १ लाख ९२ हजार १ सय बढीको मृत्यु भएको छ भने ३६ लाख ३४ हजार ८ सय भन्दाबढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ४० लाख ९१ हजार ८ भन्दाबढी संक्रमित भएका छन् भने १ लाख २५ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३२ लाख ७८ हजार भन्दाबढी निको भएका छन् ।

तपाईको प्रतिक्रिया