मकवानपुरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  242 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेहरूमा हेटौंडा ५ का ४८ वर्षीय एक पुरुष र मनहरी गाउँपालिका ८ की ३६ वर्षीया एक महिला रहेका छन् ।

चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको स्वाबमा ती दुईजनामा कोरोना संक्रमण पुष्टि भएको संकलन केन्द्रका डाक्टर नवीन कुमार चौधरीले जानकारी दिए ।

शुक्रबार साँझ गरेको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया