नायक पल शाह र नायिका एलिजा गौतम अभिनीत ‘धानै कुट्ने ढिकी’ सार्वजनिक

प्रकाशित मिति :  954 पटक हेरिएको

काठमाडौं । गायक पवन ओली र गायिका विष्णु माझीको आवाजमा ‘धानै कुट्ने ढिकी’ सार्वजनिक भएको छ । गायक पवन ओलीको युटयुब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको उक्त गीतमा शब्द संगीत गायक ओलीकै रहेको छ ।

गीतमा मोडल तथा नायक पल शाह र नायिका एलिजा गौतमको अभिनय रहेको छ । शिव वि.कको निर्देशन रहेको गीतमा मिलन विश्वकर्माको सम्पादन रहेको छ । नायक शाह र एलिजा दोस्रो पटक भिडियोमा देखिएका छन् ।

सल्यान घर भई हाल अमेरिका बसोबास गर्दै आइरहेका ओलीले अमेरिकाबाटै नेपाली गीत संंगीत प्रस्तुत गर्दै आइरहेका छन् । उनका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया