समाजसेवी अक्कल तामाङको पहलमा १ सय ५० परिवारलाई राहत वितरण

प्रकाशित मिति :  395 पटक हेरिएको

काठमाडौं । कोरोना भाइरसको त्रासका कारण भएको लकडाउनले सर्वसाधरणको दैनिकी अस्तव्यस्त बनाएको छ । मानिसहरु बिहान के खाउँ बेलुका के खाउँ भन्ने अवस्थामा पुगेका छन् तर एउटा सामाजिक संस्थाले भने केही राहत प्रदान गरेको छ ।

कल्याणकारी स्वयंसेवक संघ नेपाल तथा नेपाल कोरिया कल्चर एक्सचेञ्ज एन्ड सोशियल अर्गनाइजेसन (नेकोस) संस्थाका अध्यक्ष युवा समाजसेवी अक्कल तामाङको विशेष पहलमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ‘कोही भोको नरहुन्’ अभियान फेरि सुरु भएको छ । अभियानले सेन्ट जोन स्कुलमा अध्ययनरत विद्यार्थीहरुका परिवारलाई राहत सामग्री वितरण गरेको छ । यो अवस्थामा कसैलाई पनि असहज अवस्था नआओस् भनेर वडाध्यक्ष सुमन तामाङको उपस्थितिमा १ सय ५० परिवारलाई राहत स्वरुप १० केजी चामल, १ केजी दाल, १ केजी नुन र १ लिटर तेल लगायतका सामग्री प्रत्येक परिवारलाई वितरण गरिएको तामाङले जनाए ।

उनले यो अभियानलाई निरन्तरता दिने स्पष्ट पारेका छन् । यो अभियान यसअघि बुढानिलकण्ठका विभिन्न वडामा सञ्चालन गरिएको थियो । तर नगरपालिकाको एकद्वार प्रणालीअनुसार मात्रै राहत वितरण गर्न पाउने निर्णयले यो अभियान रोकिन पुगेको थियो । तर अहिले आएर निषेधाज्ञाको कारण धेरै नागरिकको जनजीवन संकटपूर्ण भएको समाचार सार्वजनिक भएपछि आफूहरु फेरि सक्रिय भएको तामाङको भनाई छ ।

तपाईको प्रतिक्रिया