कमल सुवेदीको गजल: मायाको माया सकियो बाँच्ने रहर सकियो

प्रकाशित मिति :  587 पटक हेरिएको

मायाको माया सकियो बाँच्ने रहर सकियो।
आइज मृत्यु स्वागत छ तँ सँङ्ग डर सकियो।।

अब छिनमै विलय हुनेछ मेरो यो जिन्दगी ।
भर्खर उसको पराइसँङ्ग स्वयंवर सकियो।।

तिमी पुतली बन्यौ म झुसिलकिरामै रहिरहेँ।
बिन्ती नआउ सानु अङ्गालिन स्तर सकियो।।

दाजुभाउजु भनेर गएकी थिइन पराइ बनिन।
बाआमा सकिए बैनीको माइतीघर सकियो।।

आउँछ कि भन्छु आउदैन उन्को प्रेमपत्र।
सायद बोल्ने मन र लेख्ने अक्षर सकियो।।

कमल सुवेदी
पोखरा

तपाईको प्रतिक्रिया