चेतन खतिवडाको गजल: हुने हुनामी हुन्छ नै, टारेर नटर्ने रैछ

  अस्मिता स्मृति प्रकाशित मिति :  564 पटक हेरिएको

हुने हुनामी हुन्छ नै, टारेर नटर्ने रैछ
जनमतको कदर खै, यहाँ नगर्ने रैछ

लौरो सयौं भाँचिएको छ तर पनि
अति ज्याद्रो त्यो सर्प , नमर्ने रैछ

राजनीति सेवाको लागि हो ठानेको
तर मन्त्री नभै ऊ बैतर्नी , नतर्ने रैछ

अनेकौं प्रतिष्ठानलाई रकम गयो तर
जनता जति आँ गरे पनि , नझर्ने रैछ

अजिर्ण पनि नहुने के छ त्यो पेट भित्र
जतिसुकै हुले पनि कहिले , नभर्ने रैछ

सानाले पनि सम्पत्ति विवरण बुझाउँदा
मन्त्री नेताहरूले बुझाउन , नपर्ने रैछ

खै व्यवस्था परिवर्तन भएर के भयो र
गरीबको दु:ख कसैले पनि , नहर्ने रैछ

चेतन खतिवडा
लालबन्दी -५ सर्लाही
हाल – महालक्ष्मी -५ टिकाथली ललितपुर

तपाईको प्रतिक्रिया