रचना मोक्तानको कविता : लडाइँ

  अस्मिता स्मृति प्रकाशित मिति :  279 पटक हेरिएको

परमाणु बम जस्तै
सुक्ष्मातिसुक्ष्म
कोरोनाको किटाणु
अपशकुन बनेर
मृत्युको कफन बोक्दै
संसारभर विचरण गरेपछि
मच्चिएको छ एक
घगडान विश्वयुद्ध
यो विश्वयुद्ध लड्न
हरदम-हरपल
तैनाथ भएकाछन
सेता एप्रोन र पि.पि.ई. लगाएका
बर्दीधारी सिपाहीहरू
बोकेकाछन खोपका बन्दुकहरू
बोकेकाछन औषधीका क्षेप्यास्त्रहरू
तेर्स्याएकाछन सिरिन्जका मोजलहरू
खेलीरहेकाछन अस्पतालहरु पी ब्यारेकहरूको
परेड ग्राउन्डमा मृत्युकै चाँदमारी
बोकेकाछन औषधीका असङ्ख्य गोलीहरू
जित्न लागेकाछन भिक्टोरिया क्रस
त्यसैले,
हामीले सम्मान गारद अर्पण गर्नै पर्छ
विश्वयुद्ध जित्ने अपराजेय सिपाहीहरूलाई
*****************

तपाईको प्रतिक्रिया