आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कति?

प्रकाशित मिति :  207 पटक हेरिएको

काठमाडौं । सुनको मूल्य आइतबार पनि घटेको छ ।

शुक्रबार ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार तोलाको ३ सय रुपैयाँ सस्तिएर ९६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

तेजाबी सुन पनि ३ सय रुपैयाँले नै घटेर तोलाको ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदी भने १० रुपैयाँले बढेर तोलाको १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया