मकवानपुरमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  250 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेहरूमा हेटौंडा- ६ की ३२ वर्षीया एक महिला, हेटौंडा-८ का एक २४ वर्षीय पुरुष र मनहरी गाउँपालिका- ७ का ५८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको स्वाबमा ती तीनजनामा कोरोना संक्रमण पुष्टि भएको संकलन केन्द्रका डाक्टर नवीन कुमार चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया