मकै बारीमा मृत अवस्थामा एक वृद्ध फेला: प्युठान

प्रकाशित मिति :  340 पटक हेरिएको

प्युठान । प्युठानको दम्तीमा एक वृद्ध मकै बारीमा मृत अवस्थामा भेटिएका छ्न ।

जिल्लाको प्युठान नगरपालिका वडा नं ८ माथिल्लो दम्तीमा सोही ठाउँका ५९ वर्षीय चाकुरे कुमाल आइतवार विहान करिब ७ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

उनी आफ्नै घरदेखि करिब चार सय मिटर टाढा मकैबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।

मृतकको शवलाई प्रारम्भिक कार्यपछि पोष्टमार्टमका लागि प्युठान अस्पताल विजुवार पठाईने प्रहरी निरीक्षक पौडेलले बताए ।

तपाईको प्रतिक्रिया