एसिड पीडित मुस्कानलाई पर्यटनमन्त्री भट्टराईको सहयोग

प्रकाशित मिति :  298 पटक हेरिएको

काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिड पीडित बालिका मुस्कान खातुनलाई नगद सहयोग गरेका छन् ।

मन्त्री भट्राईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् । एसिड प्रहारबाट घाइते भएकी उनको अहिले पनि उपचार जारी रहेको छ ।

जन्मदिनको अवसर पारी मन्त्री भट्टराईले नगद सहयोग गरेको सचिवालयले जनाएको छ ।

उनले खातुनलाई भविष्यमा डाक्टर बन्ने शुभकामना समेत दिए ।

तपाईको प्रतिक्रिया