महेश खड्काको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  394 पटक हेरिएको

हेर्दै देखिन्छौ अप्सरा कस्को के लाग्छ!
डुल्छन वरिपरि भमरा कस्को के लाग्छ!!

सतीले सरापेको हाम्रो देशमा केही भएन!
भ्रष्टले गाडेको छ जरा कस्को के लाग्छ!!

मलाई मेरो परिचय बनाउने अधिकार छैन!
वरिपरि लाग्छन पहरा कस्को के लाग्छ!!

पैसा र पावरमा चल्ने मेरो अभागी देशमा!
रोएका छन कुनाकन्दरा कस्को के लाग्छ!!

उसले मेरो होईन हाम्रो भन्दा टाढिनुपर्यो!
यस्तै छ पुरानो परम्परा कस्को के लाग्छ!!

तपाईको प्रतिक्रिया