नेपालमा थप ९८० जनामा कोरोना पुष्टि, १ हजार १४ जना डिस्चार्ज

प्रकाशित मिति :  265 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जागेशवर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९८० जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

काठमाडौंमा २ सय ९०, भक्तपुरमा ३२ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४७ हजार २ सय ५७ पुगेको छ।

आइतबार थप १ हजार ८ सय १४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ३ सय ८२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४ हजार ७ सय ३ जना छन् । आइसोलेसनमा १७ हजार २७ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया