प्रदीप रोदनको गजल: आखिर कुवा हुनाको इज्जत म नेर आयो!

  अस्मिता स्मृति प्रकाशित मिति :  541 पटक हेरिएको

आखिर कुवा हुनाको इज्जत म नेर आयो!
कोही त पानी भर्न खोला तरेर आयो!

के पाउँला र मैले यो मन नचुँड्ने माया,
प्रस्ताब राख्ने मान्छै नै फूल चुँडेर आयो!

प्रेमी र एक रुमाल,उस्तै रहेछ हेर,
जो आँसु पुछ्न जाँदा आफै रुझेर आयो!

गर्दैछ ऊ प्रशंसा मेरै अगाडि आफ्नै,
मैले कुँदेको मूर्ति जसले पुजेर आयो!

मायालु बासनाको देखिन्छ बेहुदा झैँ,
यो बाटोमा ऊ फेरि बाटो भुलेर आयो!

प्रदीप रोदन
गोरखा

तपाईको प्रतिक्रिया