कविता विश्वकर्माको गजल: एउटा सुन्दर फूललाई सोधेँ मैँले माली कति पायौ

  अस्मिता स्मृति प्रकाशित मिति :  754 पटक हेरिएको

एउटा सुन्दर फूललाई सोधेँ मैँले माली कति पायौ
तिम्रै चर्चा चल्छ रे धेरैं बधाईका ताली कति पायौ?

तिमी एउटा फूल छ्यौ भमराका ताँती धेरै देखेँ,
तिमीलाई जालमा बेर्न खोज्ने जाली कति पायौ?

मन्दिरमा चढाउनकै लागि तिमीलाई राख्न भनि,
नर नारीहरुका हातमा बोक्ने थाली कति पायौ?

तिम्लाई च्याती चढाउँदा धर्म मिल्छ रे मानवलाई,
शहर गाउँका कुना कन्दरामा बहाली कति पायौ?

तिमी फूल्दा धेरै राम्री ओइलाउँदा हुन्छ्यौ कुरुप,
कुरुप मुहारमा सुन्दरताबिहिन खाली कति पायौ?

कविता विश्वकर्मा
काभ्रेपलाञ्चोक पाँचखाल-१
हाल काठमाडौं।

तपाईको प्रतिक्रिया