वाग्मती प्रदेशसभाको उपसभामुख तामाङ कोरोनामुक्त

प्रकाशित मिति :  220 पटक हेरिएको

मकवानपुर । वाग्मती प्रदेशसभाको उपसभामुख राधिका तामाङ कोरोना सङ्क्रमणमुक्त भएकी छिन् ।

उपसभामुख तामाङको केही हप्ताअघि पीसीआर  परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र हाल उनी सङ्क्रमणमुक्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

हेटौंँडास्थित सरकारी निवासमा आफू होम आइसोलेशनमा रहेको उपसभामुख तामाङले जानकारी दिईन् । आफ्नो दोस्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको र अहिले आफू र आफ्नो छोरा सङ्क्रमणमुक्त भएको उनले बताईन् ।

तपाईको प्रतिक्रिया