राज्यप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण छ: प्रधानन्त्री ओली

प्रकाशित मिति :  318 पटक हेरिएको

काठमाडौं । आज निजामति सेवा दिवस । नेपालमा हरेक वर्षको भाद्र २२ मा विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइन्छ ।

विसं २०६२ सालवाट निजामति सेवा दिवसको शुरुवात भएको हो । तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले विसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका छन् ।

उनले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटामा अग्रसर हुनसमेत आग्रह गरेका छन् ।

सन्देशमा प्रधानमन्त्रीले कर्मचारीमा उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्नेसमेत कामना गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९को विषम परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिनुभएका राष्ट्रसेवकप्रति यस अवसरमा प्रधानमन्त्रीले सम्मानसमेत प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया