नेपालगन्जका कोरोना संक्रमित एक पुरुषको मृत्यु

प्रकाशित मिति :  198 पटक हेरिएको

काठमाडौं । बाँकेको नेपालगन्जमा कोरोना संक्रमणबाट उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोना संक्रमणबाट मृत्यु भएको हो । घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो ।

यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो । भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बसेका थिए । उनको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

तपाईको प्रतिक्रिया