ताप्लेजुङमा पहिरोले पुरिएर दुईजनाको मृत्यु

प्रकाशित मिति :  378 पटक हेरिएको

काठमाडौं । ताप्लेजुङमा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा जिल्लाको सिरिजंगा गाउँपालिका-४ का ३० वर्षीय राजु लिम्बु र ५५ वर्षीय विष्णुदास थेवे रहेका छन ।

गए राती परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन समेत माथीबाट झरेको पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सोही आयोजनाको पावर हाउसमा लिम्बु र थेवे अप्रेटरको काम गर्दै आएका थिए ।

पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस बगाउदा उनिहरुको पनि पुरिएर मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया