राहत लिएर पहिरो पीडितलाई भेट्न गए मन्त्री दुलाल

  अस्मिता स्मृति प्रकाशित मिति :  378 पटक हेरिएको

सिन्धुपाल्चोक । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र सिन्धुपाल्चोकका नेकपाका नेता तथा कार्यकर्ताले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पुगेर राहत वितरण गरेका छन् ।

साउन ३० गते गएको पहिरोमा केही व्यक्तिको निधन भएको छ भने केही अझै बेपत्ता छन् । पहिरो पीडितहरु अहिले अस्थायी रुपमा शेलाङको बासखर्कमा बसिरहेका छन् ।

शनिबार सोही ठाउँ पुगी पीडित प्रत्येक घरधुरीलाई २५ केजी चामल, ५ केजी दाल, ४ लिटर तेल, २ पाकेट नुन, २ केजी चिनी र १ पाकेट चियापति वितरण गरिएको जनाइएको छ ।

राहत सामाग्रीहरु मन्त्री दुलालले हस्तान्तरण गरेका हुन् ।
राहत वितरणमा फेमन फेमिली, होप अलाईन्स अस्ट्रेलियाका साथै संस्था सम्बद्ध स्वास्थ्यसेवी तथा समाजसेवी वाङ्चुक राप्तेन लामा, समाजसेवी पेमा नुर्बु लामा र युवा व्यवसायी, समाजसेवी एवम् नेकपाका युवा नेता भूषण महर्जनले समन्वय गरेका थिए । राहत वितरणमा गाउँपालिकाका नेकपाका नेता रेशम स्याङ्बो, नेता प्रताप लामा, दामोदर पाण्डे ,श्यामकृष्ण डंगोल, माधव घिमिरे (अटल) र राजु शर्मा समेत सहभागी थिए ।

राहत वितरणसँगै मन्त्री दुलालले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका थिए । उनले सरकारले पीडितलाई लागि थप राहतका कार्यक्रम पनि सञ्चालन गरिने समेत प्रतिबद्धता जनाए । उनी सिन्धुपाल्चोकबाटै प्रदेशसभामा निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया