कर्मचारीमा कोरोना देखिएपछि स्वास्थ्य चौकी सिल: प्युठान

प्रकाशित मिति :  275 पटक हेरिएको

प्युठान । प्युठानमा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि स्वास्थ्य चौकी नै सिल गरिएको छ ।

जिल्लाको स्वर्गद्वारी नगरपालिका- ७ सोत्रे स्वास्थ्य चौकीमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि स्वास्थ चौकी नै सिल गरिएको हो ।

उक्त नगरपालिकाको कोरोना संकट व्यवस्थापन समितिको आइतबारको बैठकले स्वास्थ्य चौकीका अन्य कर्मचारीको पीसीआर रिपोर्ट नआएसम्मका लागि स्वास्थ्य चौकी सिल गर्ने निर्णय गरिएको स्वास्थ्य चौकी प्रमुख हुनाराम विष्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया