नेपालमा थप ९७९ जनामा कोरोना पुष्टि,१ हजार ७३६ जना डिस्चार्ज

प्रकाशित मिति :  207 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १ हजार ७ सय भन्दाबढी डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट निको भई १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका हुन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २९३, भक्तपुरमा १३ र ललितपुरमा २० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार २ सय १८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४ हजार ७ सय ३९ जना रहेका छन् । आइसोलेसनमा १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

आज आइसियुमा १ सय ७१ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा २० जना संक्रमित उपचाररत रहेका छन ।

तपाईको प्रतिक्रिया