दिपक पाण्डे र उशा दशौतीको “नेपालकै सुन्दरी” सार्वजनिक

  अस्मिता स्मृति प्रकाशित मिति :  1215 पटक हेरिएको

काठमाडौं । गायक दिपक पाण्डे र गायिका उशा दशौतीको आवाजमा रहेको गीत “नेपालकै सुन्दरी” को भिडियो सार्वजनिक भएको छ ।

उशा दशौतीको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा भुपु पाण्डेको संगीत, बिरेन्द्र परियारको छायाँकन, प्रकाश पि आर प्युठानीको सम्पादन तथा KSR प्रकाश बस्नेतको निर्देशन रहेको छ ।

उक्त भिडियोमा सोनिया सुनार, दुर्गा भुजेल, सन्देश रसाइली , योगेश चौधरी, रमेश पुन मगर र शुजल बुढाथोकीको अभिनय रहेको छ, भने बाल कलाकारको अभिनय अन्कित चौधरी र गरिमा ओलीको रहेको छ ।

KSR Movies ले निर्माण गरेको उक्त गीत KSR Movies नामक युटुब च्यानलमार्फल सार्वजनिक गरिएको हो ।

भिडियो लिङ्क:

तपाईको प्रतिक्रिया