मोरङमा रुखको हाँगाले लागेर ६ वर्षीय बालकको मृत्यु

प्रकाशित मिति :  287 पटक हेरिएको

काठमाडौं । मोरङ धनपालथान-३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ वर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ ।

साेमबार दिउसो १२ बजे बालकका काका सुनिल ऋषिदेबले जङ्गलबाट रूखको हाँगा ल्याई घरमा राख्ने क्रममा घरको आँगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनि घाईते भएका थिए ।

घाईते बालकको कर्सिया अस्पतालमा उपचारको क्रममा दिउसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुनिल ऋषिदेब तत्काल फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया