आज पनि घट्यो सुनको मूल्य, प्रतिलोला कति?

प्रकाशित मिति :  401 पटक हेरिएको

काठमाडौं । आज मंगलबार पनि सुनको मूल्य घटेकाे छ ।

आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया