नेपालमा थप ९०२ जनामा कोरोना पुष्टि, २ हजार २८७ जना डिस्चार्ज

प्रकाशित मिति :  303 पटक हेरिएको

काठमाडौं । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४८ हजार नाघेको छ ।

स्वास्थ्य तथा मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै सङ्क्रमितको सङ्ख्या ४८ हजार एक सय ३८ पुगेको बताए ।

यस्तै, मंगलबार थप २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ । यो निको हुने दर ६८.५ प्रतिशत भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी २४ घण्टामा जम्मा १० हजार ६ सय ११ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट ७ लाख ८८ हजार १७४ परीक्षणहरु गरिएको मन्त्रालयले जनाएको छ ।

अहिले देशभरि १४ हजार ८ सय ६८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ६ हजार ८ सय १५ जना घरमै र ८ हजार ५३ जना संस्थागत आइसोलेशनमा छन्। देशभर क्वारेन्टाइनमा ५ हजार ३ सय १० जना रहेका छन् भने आइसोलेसनमा १४ हजार ८ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् । आइसियूमा १ सय ४४ जना उपचाररत छन् भने भेन्टिलेटरमा २३ जनाको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया