काँग्रेस महामन्त्री डा. शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  259 पटक हेरिएको

काठमाडौं । काँग्रेस महामन्त्री डा. शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महामन्त्री कोइरालाले आज गरिएको परीक्षणका क्रममा आफूमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यद्यपि हालसम्म आफूमा स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको कोइरालाले बताएका छन् ।

चिकित्सकहरुको सल्लाह अनुसार हाल आफू होम आइसोलेसनमा बसेको भन्दै उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णलाई आवश्यक सजगता अपनाउन अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया