निराजन लुइटेलको गजल: त तागत लगा म बुद्धि लगाएर हेर्छु

  अस्मिता स्मृति प्रकाशित मिति :  438 पटक हेरिएको

त तागत लगा म बुद्धि लगाएर हेर्छु
ढुङ्गालाई दाह्रा किट्छु चपाएर हेर्छु

को बलियो छ को कम्जोर छ भनेर बुझ्न
आफ्नै भाग्यलाई कर्मसँग जुधाएर हेर्छु

कालबाट पनि भुलचुक हुन्छ कि भनेर
बा-आमा जलेको खरानी उठाएर हेर्छु

एउटा विषयको गलत प्रश्नपत्र जस्तो
एउटा बधशालामा मन्दिर बनाएर हेर्छु

आफु रित्तिनु भनेको सकिनु त रहेछ
सकिए सकियोस् केही कुरा गुमाएर हेर्छु

निराजन लुइटेल
मोरङ् ,नेपाल

तपाईको प्रतिक्रिया