आज बढ्यो सुनको भाउ, प्रतितोला कति?

प्रकाशित मिति :  296 पटक हेरिएको

काठमाडौं । बुधबार सुनचाँदीकाे भाउ बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा काराेबार भएको सुन बुधबार ६ सय रुपैयाँ बढेर ९६ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि ६ सयले नै बढेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

चाँदी ताेलामा ५ रुपैयाँ बढेर आज १३ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया