वसन्त ओली वसन्तीको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  502 पटक हेरिएको

हामीलाई चिन्ताले जिउँदै चिताले मरेपछि जलाउँछ
पालो चिन्ताको काल अघि चिताको कालपछि आउँछ

यति अनुभव प्राप्त भएछ हरेक काम कुरामा छोरो
त्यस्तो हैन यस्तो हो भनेर आफ्नै बाबुलाई सिकाउँछ

हामी कामलाई ओछ्याउँछौँ कामकै माथि निदाउँछौ
बरु फाली काम गर्दै जान्छ हलो जुवाभित्र निदाउँछ

धिप -धिप गरेर बल्दैछ मेरी आमाको दिलको दीयो
नसोच्नुहोला पीडाको सानो हुरीले पनि निभाउँछ

बन्चरोले बिँड बनाउन रुखसँग रुखको औँला माग्यो
भोलि बन्चरोसँग मिलेर औँलाले रुखको शीर छिनाउँछ

वसन्त ओली वसन्ती
दाङ

तपाईको प्रतिक्रिया