उपत्यकामा जारी निषेधाज्ञाको समय आज सकिँदै

प्रकाशित मिति :  408 पटक हेरिएको

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि जारी निषेधाज्ञाको समय आज सकिदैछ ।

उपत्यकामा कोरोना संक्रमणदर बढ्दै गएपछि भदौ ३ गतेदेखि १ १ हप्ता गरी लागु गरिएको निषेधाज्ञा तेश्रोपटक यही भदौ १७ गते बुधबार एकसाताका लागि जारी गरिएको थियो ।

निषेधाज्ञाको अबको खाकाबारे उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरुले सरोकारवाला निकायसँग छलफल गरेका छन् ।

यसैबीच नगरपालिका फोरमको हिजोको बैठकले तत्कालका लागि सार्वजनिक यातायातलाई सञ्चालन गर्न नहुने निष्कर्ष निकालेको छ । साथै, अव नीजि सवारीसाधान सञ्चालन गर्दा जोरबिजोर प्रणाली लागु गर्न सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया