मकवानपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  250 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा- १ की २५ वर्षीया १ महिला , हेटौंडा- २ का २५ वर्षीय १ पुरुष , हेटौंडा- ४ का ३३ वर्षीय १ पुरुष , हेटौंडा- ५ की ४९ वर्षीया १ महिला र ६५ वर्षीय एक पुरुष , हेटौंडा- ९ का २१ वर्षीय १ महिला , हेटौंडा- ११ का ५० वर्षीय १ पुरुष , मनहरी- ७ की११ वर्षीया १ बालिका र ५५, ६२,र ३६ वर्षीय पुरुष, थाहा नगर-६ का ३० र ७९ वर्षीय २ पुरुष , र राक्सिराङ गाउँपालिका- २ का ६५ वर्षीय एक पुरुषमा किरोना संक्रमण पुष्टि भएको हेटौंडा आइसोलेसनका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

पशुपक्षी रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया