मकवानपुरको हेटौंडामा दुई समयमा पसल खुल्ने निर्णय

प्रकाशित मिति :  354 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौंडामा बिहान ५ बजेदेखि दिउँसो ३ बजेसम्म पसल खुल्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहान र दिउँसो गरि दुई समयमा पसल खुल्ने निर्णय गरेको हो ।

बिहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्न , तरकारी , दुग्धजन्य पसल खुल्ने छ भने १० बजेदेखि ३ बजेसम्म अन्य पसल व्यवसाय खुल्नेछ । बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने छ र सबै बैंकहरुले एटीएम २४ घण्टा खुल्ला राख्ने तथा डिजिटल सेवाहरु अनिवार्य रूपमा सुचारू गर्नेछ ।

होटल, रेष्टुरेन्ट ,रिसोर्टबाट खाजा तथा खाना प्याकिङ गरेर मात्र पठाउन मिल्ने छ । प्रशासनले निजि सवारी साधनलाई जोर बिजोर प्रणालीमा संचालन हुन दिने निर्णय गरेको छ । यो निर्णय भदौ २६ गतेदेखि असोज ५ गतेसम्मका लागि लागु हुने प्रमुख जिल्ला अधिकारि दिपकराज नेपालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया