नेपालमा थप १०८१ जनामा कोरोना पुष्टि,९१८ जना कोरोनामुक्त

प्रकाशित मिति :  245 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १०८१ जनामा संक्रमण पुष्टि भएको बताए । यो संगै संक्रमितको संख्या ४९ हजार दुई सय १९ पुगेको छ ।

बुधबार थप ९१८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३३,८८२ पुगेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,१६७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ५,४८० जना रहेका छन् ।आइसोलेसनमा १५,०२५ जना सक्रिय संक्रमित रहेका छन् । आइसियूमा १६२ जनाको र भेन्टिलेटरमा २२ जनाको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया