मकवानपुरमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  219 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा मकवानपुरका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडा प्रयोगशालामा बुधबार साँझ १८ जना पुरुष र १४ जना महिला गरि जम्मा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया