स्थायी कमिटी बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर भविष्यमुखी बनाउने अपेक्षा

प्रकाशित मिति :  249 पटक हेरिएको

सूर्य थापा । २०७६ फागुन यता विभिन्न रूपमा देखा परेकाे दाउपेचयुक्त विवाद समाधान भएर केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठककाे निर्णयअनुरूप पुन: दुई अध्यक्षकाे समझदारीमा फर्केकाे छ । खासमा एकताकाे पहलकर्ता र निर्णयकर्ता दुबै उहँहरू हाे र एकता जाेगाउने समझदारी पनि दुई जना अध्यक्षहरूकै हाे । सरकारकाे प्रभावकारी संचालन र पार्टीको एकता अनि गतिशीलता पनि यसआधारमै निश्चय हुनेछ ।

६ सदस्यीय कार्यदलले तयार गरेकाे प्रतिवेदनकाे कार्यान्वयनमा अध्यक्षद्वयले सहमतिमा बनाउनुभएकाे कार्ययाेजना प्रस्तावकाे एकताबद्ध कार्यान्वयन नै यसकाे आधारशीला बनेकाे छ ।

आज ११:०० बजे बस्ने स्थायी कमिटीको बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको छ । गुटबन्दी र गणितीय चलखेलबाट मुक्त भएर पार्टी एकीकरण,सहमति र अग्रगतिका साथ भविष्यमुखी बन्न अग्रसर हुनुकाे अर्काे विकल्प पनि त छैन ।

तपाईको प्रतिक्रिया