डोटीमा जीप दुर्घटना हुँदा १२ जना घाइते, दुई जनाको अवस्था गम्भीर

प्रकाशित मिति :  367 पटक हेरिएको

काठमाडौं । डोटीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन ।

शुक्रबार बिहान धनगढीबाट अछामका लागि छुटेको से १ ज १०६६ नम्बरको जीप पूर्वी चौकि गाउँपालिका –१ शान्तिनगरमा दुर्घटना हुँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

दुर्घटना परी घाईते भएका दुई जनाको अवस्था गम्भीर रहेको छ । भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको जीप दुर्घटना भएको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको छ । घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने घटनास्थलमा खटिएको प्रहरी टोलीको प्रारम्भिक अनुमान छ । जीप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया