कोरोनाको समयलाई मध्यनजर गर्दै घरदैलोमै स्वास्थ सेवा प्रदान गर्दै: मोक्तान फार्मेसि एण्ड क्लिनिक

प्रकाशित मिति :  411 पटक हेरिएको

काठमाडौं । विगत लामो समयदेखि निरन्तर जनमानसमा सरल र सहज स्वास्थ्य सेवा प्रदान गर्दै आएको मोक्तान फार्मेसी एण्ड क्लिनिकले थप सेवा सुचारु गर्न लागेको छ ।

कोभिड-१९ का कारण मुलुक लकडाउनमा रहेकोले केही समयदेखि आम नगरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै घरदैलोमा स्वास्थ्य सेवा पुर्याउदै आइ रहेको मोक्तान फार्मेसी एण्ड क्लिनिकले नियमित दिदै आएको सेवामा थप सेवा सुचारू गर्न लागेको हो ।

घरदैलोमै पुगेर गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको उक्त फार्मेसिले बिरामीको एक फोनकलको आधारमै तत्काल सेवामा खटिने जानकारी गराएको छ ।

यस्ता छन फार्मेसिले दिने सेवाहरु:
१. घरमै डाक्टर सेवा उपलब्ध
२. घरमै ल्याब सेवा उपलब्ध
३. घरमै नरमल घाउ चिरफार ड्रेसिङ व्यवस्था
४. घरमै इन्जेक्सन, नोबुलाइजेसनहरु व्यवस्था
५. आवश्यक औसधीहरु
६. फिजियो थेरापी सेवा ।

यसबारे थप जानकारी लिनुपरेमा या कुनै समस्या परेमा उक्त फार्मेसिको फार्मेसिष्ट दिलिप मोक्तान र रचना मोक्तानलाई मोबाइल नम्बर ९८५१०१८०९८ / ९८४०२५२२३८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

विगल लामो समयदेखि भरपर्दो अनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको उक्त फार्मेसि सिनामङगल-९, काठमाडौंमा रहेको छ ।

तपाईको प्रतिक्रिया