नेपालमा थप १,४५४ जनामा कोरोना पुष्टि,९७२ जना डिस्चार्ज

प्रकाशित मिति :  230 पटक हेरिएको

काठमाडौं । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५१ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार चार सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसं संक्रमितको संख्या ५१,९१९ पुगेको बताए ।

काठमाडौंमा ६ सय २०, भक्तपुरमा ३८ र ललिपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । एकैदिन कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने यो सङ्ख्या अहिलेसम्मकै बढी हो ।

यस्तै, कोरोना भाइरस स्रंक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १ महिला र ४ जना महिलाको मृत्यु भएको हो । प्रवक्ता गौतमले मोरङमा ४० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै महोत्तरीमा ६५ वर्षिय, धनुषामा ४५ वर्षिय, काठमाडौंमा ७० वर्षिय र नवलपरासीमा ५५ वर्षिय पुरुषको मृत्यु भएको बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ जना रहेको छ । आज देशका विभिन्न अस्पतालका आइसियुमा १ सय ७० जना र भेन्टिलेटरमा २५ जना जना संक्रमित उपचाररत रहेका छन ।

आज ९ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन । देशभरी आजसम्म ३६ हजार ६ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन ।

तपाईको प्रतिक्रिया