साहित्यमा ऐतिहासिकता, नेपालमा पहिलोपटक बुसोकुसेकिका प्रकाशन

प्रकाशित मिति :  574 पटक हेरिएको

काठमाडौं । नुवाकोट साहित्य प्रतिष्ठान नेपालकाे प्रकाशनमा नुवाकोटकै तीन स्रष्टाहरुकाे सम्पादनमा नेपाली बुसाेकुसेकिका अंक एक शुक्रबार सार्वजनिक गरिएको छ ।

बुसाेकुसेकिका एक जापानी वाका कविता हाे । श्रीराम श्रेष्ठ , रामकृष्ण गजुरेल र करण तामाङ घ्लान सायरले जापानी साहित्यकाे खाेज अनुसन्धान गरी साेही साहित्यलाई नेपाल भित्र्याउने क्रममा ऐतिहासिकताका साथ पहिलोपटक नेपाल डाेडाेइट्सु , बुसाेकुसेकिका लगायतका करिब अाधादर्जन जापानी साहित्यका विधाहरु नेपाल भित्र्याइसकेका छन् । यसै क्रममा नेपाली बुसाेकुसेकिका अंक एक भाद्र २०७७ सार्वजनिक गरिएको हाे ।

जापानमा सयाै वर्ष अघि बुद्धकाे मुर्तिमा कुँदेर बुद्धकै विषयमा बुसाेकुसेकिका लेख्ने गरिन्थ्यो । सुरुमा ५ अक्षर , दाेस्राे हरफमा ७ अक्षर , तृतीय हरफमा ५ अक्षर , चाैथाे हरफमा ७ अक्षर , पाँचौ र छैटौं हरफमा पनि ७, ७ अक्षर गरि जम्मा ३८ अक्षरमा बुसाेकुसेकिका लेख्ने गरिन्छ ।

बुसाेकुसेकिका अंक एक (२०७७ भाद्र)मा श्रीराम श्रेष्ठकाे एघार , करण तामाङ घ्लानकाे एघार र रामकृष्ण अमरकाे एघार वटा गरि जम्मा ३३ वटा बुसाेकुसेकिका समावेश गरिएको छ । यी तिनजना स्रष्टाहरु क नुवाकोट साहित्य प्रतिष्ठान नेपालका सल्लाहकार , अध्यक्ष र प्रवक्ता हुन ।

तपाईको प्रतिक्रिया