विश्वका दुई करोड ५ लाख ७४ हजार मानिस कोरोनामुक्त

प्रकाशित मिति :  238 पटक हेरिएको

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख १९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ६८३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १९ हजार ५ सय ७७ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ३ लाख ४ हजार १ सय भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८६ लाख ४९ हजार ५ सय भन्दा धेरै भएको छ ।

संक्रमितमध्ये २ करोड ५ लाख ७४ हजार २ सय भन्दा बढी निको भएका छन् भने अहिले विश्वमा ७१ लाख ५५ हजार ६ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६६ लाख ३६ हजार २ सय नाघेको छ । यस्तै, १ लाख ९७ हजार ४ सय बढीको मृत्यु भएको छ भने ३९ लाख १७ हजार ९ सय भन्दा बढी निको भएका छन् ।

छिमेकी मुलुक भारतमा ४६ लाख ५७ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७७ हजार ५ सय ७ पुगेको छ । संक्रमितमध्ये ३६ लाख २१ हजार ४ सय भन्दा धेरै निको भएका छन् । ब्राजिलमा ४२ लाख ८३ हजार ९ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ३० हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३५ लाख ३० हजार ६ सय भन्दाबढी निको भएका छन् ।

तपाईको प्रतिक्रिया