मकवानपुरमा थप ३५ जना डिस्चार्ज

प्रकाशित मिति :  203 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमण भइ होम आइसोलेसन र आइसोलेसनमा उपचाररत ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसन र आइसोलेसनमा रहेका ३५ जना पछिल्लो पटक गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि कोरोना मुक्त भइ डिस्चार्ज भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

पछिल्लो दुई दिनमा ३५ जना कोरोना मुक्त भएको चौलागाईंले बताए । यो संगै मकवानपुरमा कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या ५५७ पुगेको छ ।

तपाईको प्रतिक्रिया