मकवानपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  238 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा ४ का ३० वर्षीय १ पुरुष , हेटौंडा ८ का १९,२१,३०,र ३२ वर्षीय ४ पुरुष , हेटौंडा १५ का ४४ वर्षीय १ पुरुष , मनहरी गाउँपालिका ६ का ३०,३०, ४९, ७० र ७१ वर्षीय ५ जना पुरुष , मनहरी गाउँपालिका ९ का २३ वर्षीय एक पुरुष र जिल्ला बाहिरका हेटौंडा बस्ने बाराका २६ वर्षीय एक पुरुष र पर्साका १९ वर्षीय एक पुरुष रहेको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

कीट जन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरूमा १५ जना सबै पुरुष रहेका छन।

तपाईको प्रतिक्रिया